दैलेख : नेकपा एकीकृत समाजवादी दैलेखले आगामी प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको पार्टीको वैठकले निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
पार्टीले निर्वाचन क्षेत्र नं. १ संघ तर्फ टेकवहादुर खाँण, अम्मर वहादुर थापा र पार्वती विशुन्केको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं. २ संघ तर्फ केसर जंग माझिको नाम सिफारिस गरेको समाजवादी दैलेखका नेता मायाराम अधिकारीले बताए ।
यस्तै, क्षेत्र नं. १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क) तर्फ मायाराम अधिकारी (ख) तर्फ जंगबहादुर शाही क्षेत्र नं. २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क) तर्फ बरुनाथ योगी (ख) तर्फ भुपेन्द्र शाही र पदम माझिको नाम पार्टीले सिफारिस गरेको अधिकारीले बताए ।
समानुपातिक तर्फ रमा रेग्मी, भवानी ज्ञवाली, मनकुमारी सुना र प्रेम कुमारी बुढा र सावित्री मल्लको नाम सिफारिस गरिएको एकीकृत समाजवादी दैलेखले जनाएको छ ।









